३० साउन २०८३, शनिबार

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

Logo
Pulse Khabar शनिबार, साउन ३०, २०८३

मुस्ताङ: नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैंध मालवस्तु ओसार/पोसार गरेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आज आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोमसहित जोमसोम/कोरला सडकको विभिन्न स्थानबाट कोरला नाकाबाट शङ्कास्पद रूपमा मालवस्तु ओसारपोसार गरेको भन्ने गोप्य सूचनाका आधारमा उक्त कन्टेनरहरू नियन्त्रणमा लिएको जनाएको हो ।जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलग/अलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । कोरलादेखि मालवस्तु लोड गरी भन्सार कार्यालयतर्फ झर्दै गरेका मालबाहक कन्टेनरहरूको कागजपत्र तथा सोधपुछ गर्ने क्रममा उक्त कन्टेनरहरू भन्सार यार्डमा जाँच नगरी सिधैँ सिल लगाइ ल्याइएको प्रहरीको विवरणमा उल्लेख गरिएको छ ।प्रहरी निरीक्षक बस्यालका अनुसार मनसुनका कारण विपद् जोखिम न्यूनीकरणको लागि कोरला सडकमा रातिको समयमा सवारीसाधन चलाउन निषेध गरिएको अवस्थामा नियम विपरीत शङ्कास्पद तबरले नियम विपरीत हुने गरी लुकाइछिपाइ चलाउँदै आउँदै गरेको पाइएकाले उक्त कन्टेनरहरू नियन्त्रणमा लिनुपरेको जनाइएको छ ।कोरला नाकादेखि भन्सार यार्डमा जाँच नगरी सिधैँ सिल लगाएर मालवस्तु लिएर जोमसोमतर्फ आउँदै गरेको बा प्र ०१-००५ ख २२४५, बा प्र ०१-००६ ख ६२७३, ना ३ ख ७१६०, ना ६ ख ४७४१, को १ ख ५६९(नौ)६, बा प्र ०१-००६ ख २२४८, ना ६ ख २०२२ र बा प्र ०१-००६ ख ६६११ नम्बरको मालबाहक कन्टेनर जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार नियन्त्रणमा लिएका मालवस्तुबाहक कन्टेनरहरू अवैध मालवस्तुहरू हुनसक्ने बलियो शङ्का देखिएकाले उक्त कन्टेनरहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि मुस्ताङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा टोलीले राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइसकेको जनाइएको छ ।नेपाल–चीन उत्तरी कोरला नाका गतवर्षको भदौ ३१ गते पूर्णरूपमा सञ्चालनमा आएयता पटकपटक अवैध रूपमा ओसारपोसार गर्ने मालबाहक कन्टेनरहरूलाई नियन्त्रणमा लिएर कारबाही चलाइ सकिएको छ । सीमा नाका कोरला नाकाबाट पटकपटक हुने अवैध सामान बरामदले राजस्व छली गर्ने गिरोहहरू सक्रिय हुन थालेको आकलन गरिएको छ ।आव २०८२/८३ को पुस ९ गते कोरला नाकाबाट भित्रिएका दुई करोड २४ लाख मूल्य बराबरको अवैध विद्युतीय चुरोट भेप बरामद गरिएको थियो । आव २०८२/८३ को जेठ २ गते पनि कोरला नाकाबाट शङ्कास्पद रूपमा लुकाइछिपाइ भन्सार ल्याएका २० हजार थान विद्युतीय चुरोट भेप सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206