३० साउन २०८३, शनिबार

विराटनगर किङ्सको मुख्य प्रायोजक बन्यो ‘एक्स्ट्रिम’एनर्जी ड्रिंक

Logo
Pulse Khabar शुक्रबार, साउन २९, २०८३

विराटनगर: नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्स र ‘एक्स्ट्रिम’ इनर्जी ड्रिंकबीच मुख्य प्रायोजनसम्बन्धी सम्झौता भएको छ।

विराटनगर किङ्स र एक्स्ट्रिम ब्रान्डबीच आज औपचारिक रूपमा प्रायोजन सम्झौता सम्पन्न भएको हो।सम्झौतापत्रमा विराटनगर किङ्सका तर्फबाट सुयष प्याकुरेल र एक्स्ट्रिमका तर्फबाट सोनिया राणाले हस्ताक्षर गरेका छन्। ‘कोशीको शान, हाम्रो पहिचान’ नारासहित एनपीएलमा सहभागी विराटनगर किङ्सले पछिल्ला दुई सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो छुट्टै पहिचान बनाएको छ। टिमको व्यावसायिक गतिविधि तथा खेलकुद यात्रालाई थप मजबुत बनाउन एक्स्ट्रिमसँगको सहकार्य महत्वपूर्ण हुने विराटनगर किङ्सले जनाएको छ।

सम्झौता अनुसार एक्स्ट्रिम विराटनगर किङ्सको मुख्य प्रायोजकका रूपमा रहनेछ। एनपीएलका खेल तथा टिमसँग सम्बन्धित विभिन्न प्रमुख गतिविधिमा एक्स्ट्रिम ब्रान्डको उपस्थिति रहनेछ।विराटनगर किङ्सको खेल प्रदर्शन र नेपाली क्रिकेटको विकासमा सहकार्य गर्दै आगामी दिनमा समेत निरन्तर साथ दिने अपेक्षा गरिएको छ। यस सहकार्यले टिमको व्यावसायिक पक्षलाई बलियो बनाउनुका साथै समर्थक र खेलाडीबीचको सम्बन्धलाई थप उत्साहपूर्ण बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206