२८ साउन २०८३, बिहिबार

मदरसा सहबाजिया, विराटनगर–६ मा लायन्स मोहल्ला क्लिनिकको साप्ताहिक स्वास्थ्य शिविर

Logo
Pulse Khabar बिहिबार, साउन २८, २०८३


विराटनगर: समुदायस्तरमै सहज, पहुँचयोग्य र नियमित स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले लायन्स क्लब अफ विराटनगरद्वारा मदरसा सहबाजिया, विराटनगर–६ मा हरेक बिहीबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुँदै आएको ‘लायन्स मोहल्ला क्लिनिक–साप्ताहिक स्वास्थ्य शिविर’ अन्तर्गत आज स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा लायन्स क्लब अफ विराटनगरका सचिव लायन विश्वेश्वर महतोको उपस्थितिमा लाइफगार्ड अस्पतालका चिकित्सक डा. सन्तोष कुमार महतोले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गर्नुभएको थियो। उहाँले स्वास्थ्य परीक्षणसँगै आवश्यक चिकित्सकीय परामर्श तथा स्वास्थ्यसम्बन्धी सुझावसमेत प्रदान गर्नुभयो। आज सम्पन्न शिविरबाट ३० जना सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श प्राप्त गरेका छन्।कार्यक्रममा लियो क्लब अफ विराटनगरका अध्यक्ष लियो सञ्जु गोइत, पूर्वअध्यक्षहरू, वरिष्ठ लायन्स पदाधिकारी तथा सदस्यहरू, विभिन्न लायन्स क्लबका प्रतिनिधि, लियो सदस्यलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

लायन्स मोहल्ला क्लिनिकमार्फत स्थानीय समुदायलाई नियमित स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा स्वास्थ्य सचेतना प्रदान गर्ने उद्देश्य राखिएको छ। हरेक बिहीबार सञ्चालन हुने यस साप्ताहिक स्वास्थ्य शिविरले स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्दै आएको छ।लायन्स क्लब अफ विराटनगरले समुदायको स्वास्थ्य तथा सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206