२८ साउन २०८३, बिहिबार

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

Logo
Pulse Khabar बिहिबार, साउन २८, २०८३

चितवन: भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट रु एक करोड ५५ लाख तीन हजार ६८५ बक्यौता रकम असुली गरेको छ ।

रु पाँच हजारभन्दा माथि बक्यौता भएका र छ महिनाभन्दा माथिको पानीको महसुल नबुझाएका ती ग्राहकबाट सो रकम बक्यौता असुली गरिएको हो ।कार्यालयका प्रमुख सञ्जय बरालका अनुसार गत फागुनदेखि बक्यौता असुलीको काम सुरु गरिएको हो । फागुनदेखि असार मसान्तसम्ममा सो बक्यौता असुली भएको उहाँले जानकारी दिनुभयो । कार्यालयले अझै ५०० ग्राहकबाट रु २० लाख बक्यौता असुल गर्न बाँकी रहेको छ । ती लामो समयदेखि महसुल नबुझाएका ग्राहकहरु हुन् ।बक्यौता नबुझाउने ग्राहकलाई पत्राचार गर्ने, घरदैलो गर्ने, पानीको लाइन काट्ने, एसएमएस गर्ने, ताकेता लगाउनेजस्ता काम भइरहेको उहाँले बताउनुभयो । कार्यालयले बक्यौता असुलीका लागि टोलीनै गठन गरेर काम गरीरहेको छ ।

गत वर्ष रु १६ करोड ५९(उनसट्ठी) लाख ४२ हजार १०० महसुल बिलिङ गरेकोमा रु १६ करोड ९९(उनान्सय)  लाख ७२ हजार ४४० सङ्कलन भएको थियो । यो लक्ष्यको दुई दशमलव ५७ प्रतिशतले बढी हो ।यस्तै भरतपुर महानगरपालिकाले दिँदै आएको सात युनिट पानीमा अनुदानसमेत भुक्तानी गरेको छैन । मङ्सिर महिनादेखिको भुक्तानी नपाएको कार्यालयले जनाएको छ । आठ महिनाको बक्यौता रु एक करोडभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो । महानगरवासीलाई बोर्ड र विभिन्न उपभोक्ता समितिबाट सञ्चालित खानेपानी आयोजनाको रकमसमेत भुक्तानी हुन नसक्दा ती आयोजनामा समस्या भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206