लाल सागरको बाब अल–मन्डेब स्ट्रेटमा व्यापारिक यमनी जहाजमा हुथी विद्रोहीहरूले गरेको मिसाइल आक्रमणकमा कम्तिमा छ जनाको मृत्यु भएको यमन सरकारले जनाएको छ ।
यमन सरकारको यातायात मन्त्रालयका अनुसार हुथी विद्रोहिरूले खाना ढुवानी गर्ने सानो मालवाहक जहाज तिहामामा तिनवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए ।ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणले आगलागी निम्त्याए पछि चारजना चालक दलका सदस्य, तीनजना पाकिस्तानी नागरिक र एकजना इन्डोनेसियाली नागरिक र अन्य चारजना चालक दलका सदस्यहरुका साथै एक जना उद्धारकर्मी घाइते भएको मन्त्रालयलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।अनुसन्धान र उद्धार अभियान सुरु भए पछि पनि हुथीहरूले दोस्रो पटक जहाजमा प्रहार गरेर उद्धार टोलीसहित जहाजमा रहेका यात्रुहरुकोे जीवन खतरामा पार्नेसमेत प्रयास गरेको जनाइएको छ ।यमनको तटरक्षकले मृतक मध्ये दुई जना उद्धारकर्मीहरुसमेत रहेको पुष्टि गरेको छ ।प्रारम्भिक समयमा यमनी अधिकारीहरू र समुद्री गुप्तचर समूह मारिस्कले पहिलो पटक साउदीको स्वामित्वमा रहेको जहाजमा आक्रमण भएको रिपोर्ट गरेका थिए ।
यद्यपि, मरीन ट्राफिकको तथ्याङ्कले तिहामाह तान्जानियामा यात्रा गरिरहेको र इजिप्ट र यमनमा दर्ता भएका कम्पनीहरूको स्वामित्वमा रहेको जहाजमा आक्रमण भएको जनाइएको छ ।यसैबीच, पाकिस्तान, टर्की र साउदी अरबबिच भर्खरै घोषणा गरिएको मक्का संयुक्त रक्षा सम्झौता यमनका इरान समर्थित हुथी विद्रोहीहरूले जाजानको अरामको प्रशोदन केन्द्रमा आक्रमण गरेपछि असफल भएको जनाइएको छ ।सादा र हजाह प्रान्तहरूमा साउदी ड्रोन अपरेसनको बदलामा हुथी समूहले प्रती आक्रमणमा प्रशोदन सुविधा लक्षित गरेको कारण जाजानको अरामको प्रशोदन केन्द्रमा आइतबार आगलागी सुरु भएको हुथी सैन्य प्रवक्ता याह्या सारीले बताउनुभएको छ ।साउदी अरबको ऊर्जा मन्त्रालयले पछि आगलागीको पुष्टि गर्दै यसलाई नियन्त्रणमा लिएकोे बताएको छ ।
