इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुको पानीमा बुधबार ‘पुत्री यास्मिन’ नामक यात्रु बहाक डुङ्गामा आगलागी भएपछि डुङ्गामा सवार ११२ जनालाई उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
एक स्थानीय अधिकारीलाई उदृत गर्दै मिडियाले जनाए अनुसार नजिकैको डुङ्गाले ३६ जनालाई उद्धार गरेर बालीमा फिर्ता ल्याएको थियो भने खोजी तथा उद्धार एजेन्सीको जहाजले ५९(उनसट्ठी) जनालाई उद्धार गरेको जनाएका छन् । नौसेनाको एउटा जहाजले थप १७ जनालाई पानीबाट उद्धार गरेको जनाएको छ ।
डुङ्गामा ११४ जना यात्रु र १७ जना चालक दलका सदस्य रहेको अधिकारीहरुलाई उदृत गरीले स्थानीय मिडियाले जनाएका छन् भने यात्रु तथा चालक दलका सदस्यहरूको हताहत भएको कुनै पनि खबर हाल सम्म पुष्टि भएको छैन ।पुत्री यास्मिन डुङ्गा बालीबाट नजिकैको टापु लोम्बोकतर्फ जाँदै गर्दा आगलागी भएको तथा आगलागीको कारण अझै सम्म स्पष्ट हुन नसकेको जनाइएको छ ।
