२७ साउन २०८३, बुधबार

पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ

Logo
Pulse Khabar बुधबार, साउन २७, २०८३

कर्णाली: पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने पतिलाई पक्राउ गरिएको छ ।

भेरीगङ्गा नगरपालिका–१३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उहाँका पति ४९(उनन्चास) वर्षीय जयबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।मङ्गलबार बेलुका ५ः०० बजे शरीरमा पेट्रोल छरी आगो सल्काएको अवस्थामा १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी हुन् ।तत्काल शरीरको आगो निभेपछि छोरी पुष्पाले आमाको उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत पुर्याउनुभएको थियो ।

अनुहार, घाँटी र शरीरको विभिन्न भागमा करिब ३६ प्रतिशत जलेको अवस्थामा रानालाई अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।उहाँका अनुसार महेश्वरीलाई थप उपचारका लागि मङ्गलबार नेपालगन्ज सिफारिस (रेफर) गरिएको र त्यहाँ पनि सम्भव नहुने देखिएपछि राति ११ः३० बजे भारतको लखनउ रेफर गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206