२७ साउन २०८३, बुधबार

सुनको मूल्य रु एक हजार दुई सयले घट्यो

Logo
Pulse Khabar बुधबार, साउन २७, २०८३

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख छ हजार सात सय कायम भएको छ । हिजो एक तोला सुन रु तीन लाख सात हजार नौ सयमा कारोबार भएको थियो ।त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा रु ३५ ले घटेको छ । आज एक तोला चाँदी रु चार हजार सात सय ४५ मा कारोबार भइरहेको छ भने हिजो रु चार हजार सात सय ८० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार चार सय अमेरिकी डलर तथा चाँदी प्रतिऔंस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206