२६ साउन २०८३, मंगलबार

लायन्स क्लब अफ विराटनगरद्वारा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Logo
Pulse Khabar मंगलबार, साउन २६, २०८३

विराटनगर: नेपाल लायन्स दिवसको अवसरमा आयोजित लायन्स सेवा सप्ताह अन्तर्गत लायन्स क्लब अफ विराटनगरको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि श्री पवन कुमार शारदा, माननीय संविधान सभा सदस्य, नेपाल को विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गवर्नर लायन फूल कुमार लालवानी, मोरङ्ग ट्राफिक प्रहरी का ट्राफिक इन्चार्ज सन्तोष न्यौपाने लगायत लायन्स तथा लियो नेतृत्वको उपस्थिति रहेको थियो।कार्यक्रममा लाईन्स सर्भिस विक (Lions Service Week) का मुख्य संयोजक लायन प्रकाश भक्त जोशी, मुख्य सल्लाहकार लायन घनश्याम काब्रा, कार्यक्रम संयोजक लायन अमिताभ माहेश्वरी र कार्यक्रम सल्लाहकार लायन नन्द किशोर राठी। तथा सह-संयोजक लियो अमन राजवंशीको सहभागिता रहेको थियो।कार्यक्रमको उद्घोषण लायन मनीष भट्टराईले गरेका थिए। कार्यक्रममा लियो क्लब अफ विराटनगर की अध्यक्ष लियो सञ्जु गोइत, पूर्व अध्यक्ष लियो कविता साहनीलगायत पूर्व अध्यक्षहरू, वरिष्ठ लायन्सहरू, विभिन्न लायन्स क्लब का पदाधिकारी तथा सदस्यहरू र लियो को उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा ट्राफिक नियमको पालना, सडक सुरक्षा, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, जेब्राक्रसको प्रयोग लगायतका विषयमा सचेतना प्रदान गरिएको थियो। सहभागीहरूलाई सुरक्षित यात्रा तथा जिम्मेवार सडक व्यवहारका लागि प्रेरित गरिएको थियो।लायन्स क्लब अफ विराटनगरले समाजमा सेवा, सुरक्षा, स्वास्थ्य र युवामुखी गतिविधिलाई प्राथमिकतामा राख्दै लायन्स सेवा सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।“Service • Safety • Health • Youth” भन्ने मूल भावनाका साथ आयोजित यस कार्यक्रमले सडक सुरक्षा तथा ट्राफिक सचेतना अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206