२५ साउन २०८३, सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

Logo
Pulse Khabar सोमबार, साउन २५, २०८३

विराटनगर: कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ ।

कोशी अस्पताल, विराटनगरको सबैभन्दा पुरानो अस्पताल हो । पुरानो भवनबाट बिरामीको उपचार गर्न कठिन भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । कूल ३५० शय्याको अस्पताललाई ठाउँको अभावले ३०० शय्याबाट सेवाप्रवाहा गर्नु बाध्यता रहेको अस्पतालका प्रमुख डा चन्द्रभाल झाले राससलाई जानकारी दिनुभयो । ठाउँ साँघुरो छ, ओपिडीमा दैनिक दुई हजारसम्म बिरामी आउने गरेको बताइन्छ । उहाँले अस्पतालका दुई वटा भवन निर्माण भइरहेको जानकारी दिनुभयो । उक्त भवन निर्माणपछि अस्पतालको कूल शय्या ७५० पुग्छ । यसबाट बिरामीलाई सबै प्रकारको सुविधा प्रदान गर्न सजिलो हुने डा झाले भन्नुभयो । नयाँ बन्दै गरेका दुई भवनमध्ये पहिलो भवन लगभग सात हजार वर्गमिटरको एक बेससहित पाँचतले र दोस्रो दुईबेससहित १० तले ३३ हजार ७१० वर्गमिटरको छ ।पहिलो भवनको सम्झौता २०७८ साल असार ३० गते भूमि निर्माण कन्सट्रशनले रु ३८ करोड ८७ लाखमा ठेक्का लिएको थियो ।

उक्त कम्पनीले बीचमा काम छाडेर भागेकाले निर्माण ढिलो भएको हो । रमन कन्सट्रक्शनले काम सुरु गरेको छ । जसले गर्दा भवन निर्माणमा ढिलाइ भएको उहाँको भनाइ छ । यो भवनको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६४ प्रतिशत रहेको प्रमुख शाहले बताउनुभयो । निर्माण सम्झौताअनुसार २०८३ असार २५ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । तर निर्माण कम्पनीको लापारबाहीका कारण समयमै निर्माण कार्य सम्पन्न हुन सकेनन् ।उहाँका अनुसार दोस्रो भवनको निर्माण सम्झौता २०७९ साल असार १३ गते भएको थियो । विसं २०८४ असार १२ गते निर्माण कार्य सम्पन्न हुने गरी केसी कन्सट्रक्शनले रु दुई अर्ब १७ करोड लागतमा काम सुरु गरेको छ । अहिले यो भवनको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206