२५ साउन २०८३, सोमबार

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

Logo
Pulse Khabar सोमबार, साउन २५, २०८३

इलाम: इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको पक्की पुल संरक्षण गर्न सुरु भएको छ ।

कोशी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय इलाममार्फत सो पुल संरक्षण गर्न काम सुरु गरेको हो । पुल संरक्षणका लागि तारजालीसहित पर्खाल लगाउने काम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनयर रञ्जय सिंहले बताउनुभयो । पुल संरक्षणका लागि कार्यालयले रु ५० लाखमा ठेक्का आह्वान गरेकामा भिमका कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग रु ४१ लाख ५३ हजार ७७४ मा ठेक्का सम्झौता भएको थियो ।पूर्वाधार विकास कार्यालयले सो क्षेत्रमा स्थायी बाँध निर्माणका लागि रु तीन करोड माग गरे पनि प्रदेश सरकारबाट रु ५० लाखमात्र प्राप्त भएको प्रमुख सिंहको भनाइ छ । “हामीले स्थायी बाँध निर्माणका लागि रु तीन करोड अनुमान गरेर पठाएका थियौँ । यो पटक रु ५० लाख मात्र प्राप्त भयो”, उहाँले भन्नुभयो, “अहिले जति बजेट आयो, त्यतिकै ठेक्का आह्वान गरेर काम सुरु गरेका छौँ । थप बजेटको आशामा छौँ ।”प्रसिद्ध धार्मिकस्थल गजुरमुखीधाम नजिकै रहेको सो पुल गत असोज १८ गतेको बाढीले क्षतिग्रस्त बनाउनुका साथै गजुरमुखीधाम क्षेत्रका आठवटा घर बगाएको थियो ।

बाढीले पुलको एकापट्टिको भूभाग कटान गरी क्षतिग्रस्त बनाएपछि प्रदेश सरकारको रु १० लाखको लागतमा अस्थायी ड्याम निर्माण गरी यातायात सञ्चालन गरिएको थियो । गत असार पहिलो साताको बाढीले अस्थायी ड्याममा पनि क्षति पुर्‍याएपछि तारजालीसहितको पर्खाल निर्माण सुरु गरिएको हो ।पुल संरक्षणको काम सुरु भएपछि स्थानियवासी हर्षित भएका छन् । स्थानीय खगेन्द्र तामाङले पुल संरक्षणको काम सुरु भएसँगै आशा पलाएको प्रतिक्रिया दिनुभयो । “विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्नासाथ पुलको आधार क्षेत्रमा कटान हुने र पुलमा थप क्षति हुने खतरा थियो”, उहाँले भन्नुभयो, “निर्माण तथा संरक्षणको काम चाँडै सम्पन्न भए पुलको आयु बढ्नाका साथै स्थानीय बासिन्दाको सुरक्षित आवतजावतमा सहजता हुने अपेक्षा छ ।” माङसेबुङ गाउँपालिका-१ का वडाअध्यक्ष भूपाल योङहाङले पुल निर्माण गुणस्तरीय र दिगो हुने गरी काम सम्पन्न गर्न निरन्तर अनुगमन गरिरहेको बताउनुभयो

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206