२४ साउन २०८३, आइतबार

धनकुटामा विश्व आदिवासी दिवस मनाइयो

Logo
Pulse Khabar आइतबार, साउन २४, २०८३

धनकुटा: विश्व आदिवासी जनजातिको ३२औँ दिवसका अवसरमा आज धनकुटाको पाख्रिबासमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् धनकुटाको आयोजनामा निकालिएको झाँकी तथा र्‍यालीमा विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुती प्रस्तुत गरिएका छन् ।र्‍याली पाख्रिबास बजारको परिक्रमा गरी संसारी सिमसार क्षेत्रमा पुगेर समारोहमा परिणत भएको थियो । ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा आदिवासी जनजातिको पहिचान, अधिकार संरक्षण तथा समावेशी र न्यायपूर्ण समाज निर्माणका विषयमा जोड दिइएको थियो ।कार्यक्रममा आदिवासी जनजातिका भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणसँगै प्राप्त अधिकारको रक्षा तथा थप अधिकारका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा वक्ताहरूले जोड दिनुभएको छ । साथै जल, जमिन र जङ्गलमा आदिवासी जनजातिको अग्राधिकार कायम गर्न तथा आदिवासीको स्वायत्त क्षेत्र कायम गर्न माग गरिएको थियो ।

यसै अवसरमा समाज तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै ज्ञानबहादुर गुरुङ र निरोज गुरुङ, जनजाति महासङ्घ पाख्रिबास नगरसमन्वय समितिलाई जग्गा प्रदान गरेबापत जग्गादाता अर्जुन गुरुङ, पूर्वनगर अध्यक्ष हरिबहादुर राई र थर्कमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।सन् १९९४(उन्नाइस सय चौरान्नब्बे) डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसङ्घले सन् १९९४(उन्नाइस सय चौरान्नब्बे) देखि सन् २००४ सम्मलाई ‘कर्म र मर्यादाका लागि दशक’ नारासहित आदिवासी दशकका रूपमा आह्वान गरेको थियो ।उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगो बङ्गलादेशका आदिवासी समुदायका कलाकार रिबन देवानले तयार पार्नुभएको हो । लोगोमा हरियो पातका दुई कानजस्ता आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206