विराटनगर: नेपाली बजारमा साताको पहिलो दिन आइतबार (आज) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढ्यो भने चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बजारको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६(छयान्नब्बे) हजार ९(नौ) सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
