२३ साउन २०८३, शनिबार

‘मानसिक स्वास्थ्यका लागि योग र ध्यान आवश्यक’

Logo
Pulse Khabar शुक्रबार, साउन २२, २०८३


कर्णाली: स्वस्थ जीवनशैली र मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि योग र ध्यानलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘स्वास्थ्यकर्मीका लागि मानसिक स्वास्थ्यमा आयुर्वेद र योग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा योग र ध्यान मानव जीवनका लागि असाध्यै महत्त्वपूर्ण रहेको उल्लेख गरियो ।सामाजिक विकास मन्त्रालयकी सचिव रोशनीकुमारी श्रेष्ठले मानसिक स्वास्थ्य सुधारका लागि योग र ध्यान महत्त्वपूर्र्ण रहेको बताउनुभयो । उहाँले योगले मानिसको ध्यान, विचार र सोचलाई एकाग्र बनाउन मद्दत गर्ने भएकाले मानसिक स्वास्थ्य सुदृढ हुने बताउनुभयो ।अव्यवस्थित खानपान, अस्वस्थ जीवनशैली र तनावका कारण देखिएका मानसिक समस्याको समाधानका लागि योग र ध्यान आवश्यक रहेको उहाँको भनाइ थियो । सचिव श्रेष्ठले आधुनिक चिकित्सा सेवासँगै आयुर्वेदको महत्व पनि बढ्दै गएको बताउँदै कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्य रणनीति निर्माण गरी कार्यान्वयनमा जोड दिएको जानकारी दिनुभयो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीले मानसिक स्वास्थ्य सुधारका लागि योग र ध्यान उपयोगी हुने बताउनुभयो । उहाँले आयुर्वेद र आधुनिक चिकित्सा दुवैको आ–आफ्नो महत्व रहेको उल्लेख गर्दै दुवै प्रणालीलाई समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका डा लक्ष्मीनारायण तिवारीले आयुर्वेदको उद्देश्य रोगको मूल कारण पहिचान गरी उपचार गर्नु रहेको बताउनुभयो । उहाँले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले यसको रोकथाम र व्यवस्थापनका लागि योग र ध्यान प्रभावकारी उपाय हुनसक्ने बताउनुभयो । कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206