२१ साउन २०८३, बिहिबार

धनकुटाको भेडेटारमा ठुलो परिमाणमा ६४७ केजी गाँजा बरामद, दुई जना नियन्त्रणमा

Logo
Pulse Khabar बिहिबार, साउन २१, २०८३

विराटनगर:धनकुटाको साँगुरीगढी गाउँपालिका–०६ भेडेटार चोकबाट प्रहरीले ठुलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

कोसी लोकमार्ग हुँदै विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५(पाँच हजार पन्चानब्बे) नम्बरको ट्रकमा लुकाइछिपाई ल्याइएको ६४७ किलोग्राम गाँजा बिहीबार बिहान प्रहरीले बरामद गरेको हो ।बिहीबार बिहान करिब ५ः३० बजे भेडेटार चोकमा खटिएको प्रहरी टोलीले शंका लागि उक्त ट्रकलाई रोकी चेकजाँचका क्रममा ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरिएका ४८ वटा पोकामा लुकाएर राखिएको ६४७ केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा ट्रक चालक र सहचालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको कैलाश गाउँपालिका–०३ का २७ वर्षीय उमेश थिङ (चालक) र धनकुटाको सहिदभूमि गाउँपालिका–१ का ३६ वर्षीय तुलराम राई (सहचालक) रहेका छन् ।पक्राउ परेका उनीहरूमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206