२० साउन २०८३, बुधबार

विद्यार्थीलाई विद्यालय तहदेखि नै निरन्तर निर्वाचन शिक्षा दिइने

Logo
Pulse Khabar बुधबार, साउन २०, २०८३

काठमाडौँ: निर्वाचन आयोगले विद्यालय तहका विद्यार्थीमा लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाबारे जानकारी अभिवृद्धि गर्न निर्वाचन शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ ।

आयोगको कार्यालय, बहादुर भवनमा रहेको निर्वाचन शिक्षा तथा सूचना केन्द्र (इइआसी)मार्फत सञ्चालित कार्यक्रमबाट मतदाता शिक्षा र निर्वाचनको महत्त्वबारे बुझाइएको हो । सो क्रममा आज काठमाडौँको वनस्थलीस्थित विभूति विद्या मन्दिरका कक्षा १० का विद्यार्थी निर्वाचन शिक्षा कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा विद्यार्थीलाई नेपालको निर्वाचन प्रणाली, मतदाता शिक्षा, आयोगको भूमिका, स्वतन्त्र तथा निष्पक्ष निर्वाचनको महत्त्व र नागरिकको लोकतान्त्रिक दायित्वका विषयमा अभिमुखीकरण दिइएको आयोगले आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । मङ्गलबार तारकेश्वर नगरपालिका, काठमाडौँका कक्षा १० का विद्यार्थीहरू नर्वाचन शिक्षा कार्यक्रममा सहभागी भएका थिए । उनीहरूलाई निर्वाचनसम्बन्धी आधारभूत अवधारणा, मतदान प्रक्रिया तथा लोकतान्त्रिक संस्कृतिको विकासमा युवाको भूमिकाबारे अभिमुखीकरण दिइएको थियो ।

आयोगले हालै ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल इन्टरनेशनल स्कुलका विद्यार्थीलाई विद्यालयमै पुगेर शिक्षा कार्यक्रम सञ्चालन गरी निर्वाचनसम्बन्धी विविध विषयमा अभिमुखीकरण दिएको थियो । आयोगको निर्वाचन शिक्षा तथा तालिम शाखाले निर्वाचन शिक्षा तथा सूचना केन्द्रले सोको समन्वय गरेको हो । चालु आर्थिक वर्षको यो नयाँ अभ्यासलाई निरन्तरता दिँदै आगामी दिनमा प्रदेश निर्वाचन कार्यालयमा पनि विस्तार गरिने र सेवा वडापत्र पठाइने जनाइएको छ । हाल आयोगसहित विराटनगर, पोखरा, धनगढी र सुर्खेतका सूचना केन्द्रमार्फत यो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206