२० साउन २०८३, बुधबार

नेपाल लाइन्स दिवसको अवसरमा नेपालको पहिलो लाइन्स क्लब अफ विराटनगरद्वारा सप्ताहव्यापी सेवा कार्यक्रम

Logo
Pulse Khabar बुधबार, साउन २०, २०८३

विराटनगर: नेपाल लाइन्स दिवस–२०२६ को अवसरमा नेपालको पहिलो लायन्स क्लब अफ विराटनगरले बिहीबार साउन २१ गते देखि २७ गतेसम्म विराटनगरमा ७ दिने सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्ने भएको छ।

लायन्स क्लब अफ विराटनगरले बुधवार आयोजित पत्रकार सम्मेलन गरेर क्लबको ५५ औँ स्थापना दिवसको अवसर पारेर ७ दिने सेवा सप्ताह कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराए । क्लबले सप्ताहव्यापी कार्यक्रमको सार्वजनिक गर्दै लागूऔषधविरुद्ध सचेतना ऱ्याली, निःशुल्क स्वास्थ्य परीक्षण, फेमिली फुड प्याक वितरण, वृक्षरोपण, ट्राफिक सचेतना, दीप प्रज्वलन तथा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एक्स्टेम्पोर स्पिच प्रतियोगिता आयोजना गरिने जानकारी दिएको हो।

लायन्स क्लब अफ विराटनगरका अध्यक्ष चाँदबाबु इराकी, क्लबका पूर्व अध्यक्ष एवं पूर्व डिष्ट्रिक गर्भनर फुलकुमार लालवानी, क्लबका पूर्व अध्यक्ष एवं ७ दिने सेवा सप्ताह कार्यक्रमका प्रमुख सल्लाहकार घनश्याम काबरा, क्लबका पूर्व अध्यक्ष मनिष भट्टराई, राम अवतार अग्रवाल पत्रकार सम्मेलनमा सहभागी थिए ।क्लबले बिहीबार विराटनगरमा कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा “लागु पदार्थ दुव्र्यसन विरुद्ध सचेतना ऱ्याली” निकाल्ने तयारी गरेको छ ।
विराटनगर–२ स्थित लायन्स क्लब अफ विराटनगरको भवनबाट बिहीबार बिहान ७ बजे निकाल्ने ऱ्याली नगर क्षेत्रको विभिन्न भागको परिक्रमा पछि ९(नौ) बजे जैन भवनमा समापन हुने कार्यक्रम रहेको क्लबका अध्यक्ष चाँदबाबु इराकीले जानकारी गराए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206