२० साउन २०८३, बुधबार

भीमफेदीमा तरकारी बोकेको ट्रक दुर्घटना: एक जनाको मृत्यु, चालक घाइते

Logo
Pulse Khabar बुधबार, साउन २०, २०८३

हेटौंडा:मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको डिब्बा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

मिति २०८३ साउन २० गते राति करिब २:३० बजे मकवानपुरको पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३-००२ ख ५०९५(पाँच हजार पन्चानब्बे) नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुको कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेर दुर्घटना भएको हो।दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९(नौ) निवासी २३ वर्षीय रञ्जित कार्कीको दायाँ खुट्टा फ्र्याक्चर हुनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ।त्यसैगरी, ट्रकमा सवार चालकका काका नाता पर्ने सोही स्थानका अन्दाजी ३६ वर्षीय अर्जुन कार्कीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर दुवै घाइतेको उद्धार गरी उपचारका लागि हेटौडा पठाएको थियो।

उपचारका क्रममा बिहान करिब (नौ)९:१५ बजे हेटौडा अस्पतालमा चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरेका छन्। दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्र सवार रहेको प्रहरीले जनाएको छ।प्रहरीले दुर्घटनाको कारण वर्षा तथा बाक्लो हुस्सुका कारण ओरालो सडकमा ट्रक चिप्लिएर अनियन्त्रित भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206