०२ कार्तिक २०८३, आइतबार

विराटनगरमा सबैभन्दा बढी वर्षा

Logo
Pulse Khabar बुधबार, साउन २०, २०८३

काठमाडौं: देशका विभिन्न भागमा स्थापना भएका वर्षा मापन केन्द्रमध्ये सबैभन्दा बढी वर्षा मोरङको विराटनगर विमानस्थल केन्द्रमा मापन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही साउन १८ गते बिहान ८ः४५ देखि साउन १९(उन्नाइस) गते बिहान ८ः४५ बजेसम्म ४३७ वर्षा मापन केन्द्रमा अभिलेखीकरण भएको विवरणमध्ये ३६५ केन्द्रमा वर्षा भएको र मोरङको विराटनगर विमानस्थल केन्द्रमा सबैभन्दा बढी १५१.६ मिलिमिटर वर्षा अभिलेख गरिएको हो ।

सोही अवधिमा देशभरका ८७ केन्द्रबाट तापक्रमको विवरण सङ्कलन गरिएको प्राधिकरणले जनाएको छ । न्यूनतम तापक्रम रुपन्देहीको तौलिहवामा २९.१(उनन्तीस दशमलव एक) डिग्री सेल्सियस र अधिकतम तापक्रम सिराहाको लहानमा ३७.२ डिग्री सेल्सियस मापन गरिएको छ । सबैभन्दा कम न्यूनतम तापक्रम मुस्ताङको थाकमार्फामा ९.५ (नौ दशमलव पाँच) डिग्री सेल्सियस तथा सबैभन्दा कम अधिकतम तापक्रम सोलुखुम्बुको लुक्लामा १६.१ डिग्री सेल्सियसअभिलेख भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206