२६ जेठ २०८२, सोमबार

सवारीको पासो बन्दै बरगाछी चोक

Logo
Pulse Khabar आइतबार, माघ २८, २०८०

विराटनगरको बरगाछी चोकमा सवारी दुर्घटना हुने क्रम बढेको छ । लगातार दुर्घटना भइरहँदा जनधनको क्षति पनि बढ्दो छ । सडकको दुरावस्था र चालकको लापरवाहीले दुर्घटना बढी भइरहेको स्थानीय बताए । स्थानीय नवराज खड्काले सडककै कारण दुर्घटना भएको बताए । भासिँएको सडक देखाउँदै उनले यही कारण दुर्घटना हुने गरेको बताए । पछिल्लो पटक आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना बालिका घाइते भएकी छिन् । उत्तरबाट दक्षिण आउँदै गरेको ट्रकले ठक्कर दिँदा स्कुटरमा सबार सुनसरीको दुहबीका नगेन चौधरीको मृत्यु भएको छ । बा प्र ३ – ००१ ख १४११ नम्बरको ट्रकले पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेको को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ । दुहबी ९ का नगेनको उपचारको लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । पछाडि सबार चौधरीकी भतिजी सोस्था चौधरी सामान्य घाइते भएकी छिन् । घटनापछि भेला भएका स्थानीयले ट्रकमा आगजनी गरेका थिए । आगो प्रहरी, स्थानीय र वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206